विदेश

झडपमा नौजना अफगान तालिवान लडाकूको मृत्यु

झडपमा नौजना अफगान तालिवान लडाकूको मृत्यु
मंसिर–१९ । अफगानिस्तानमा सुरक्षाफौज र तालिवान लडाकूबीच भएका झडपमा कम्तिमा नौ जना तालिवान लडाकूको मृत्यु भएको विद्रोहीको प्रभाव क्षेत्र मानिएको गाजनी प्रान्तका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले जानकारी गराएका छन् । शनिबार बिहानै तालिवान विद्रोहीद्वारा सुरक्षा जाँच केन्द्रमा लक्षित गरी आक्रमण सुरु गरेपछि भएको भिडन्तमा नौ जना विद्रोही लडाकूको मृत्यु भएको साथै सात जना घाइते भएका सेनाले दाबी गरेको छ । सेनाले आफ्नो पक्षमा कति क्षती भयो भन्ने विषयमा केही उल्लेख गरेको छैन । विद्रोहीले आफ्नो नियन्त्रण क्षेत्रमा सेनाको प्रभाव बढेको देखेपछि आक्रमणको योजना बनाइएको तर त्यहाँ तालिवान समूहले पराजयको सामना गर्नुपरेको प्रवक्ता रेजाईले बताए । सेनाले कारबाहीका क्रममा विद्रोहीबाट केही हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको बताएको छ । यस भिडन्तबारे तालिवान समूहद्वारा कुनै प्रतिक्रिया जनाइएको छैन । रासस÷सिन्ह्वा

Afghanistan taliwan

विशेष