ताजा खबर मुख्य समाचार विदेश News

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

italy

मंसिर २० । इटालीका प्रधानमन्त्री म्याटेओ रेन्सीले राजीनामा दिने घोषणा गरेका छन् । संविधान संशोधन सम्बन्धी प्रस्तावमा भएको जनमतसंग्रहमा पराजित भएपछि प्रधानमन्त्री रेन्सीले राजीनामा दिने घोषणा गरेका हुन ।

प्रधानमन्त्री रेन्सीले जनमतसंग्रहको परिणामको जिम्मेवारी लिँदै टेलिभिजन सम्बोधन मार्फत राजीनामाको घोषणा गरेका हुन । जनमतसंग्रहको पहिलो प्रारम्भीक परिणाम अनुसार प्रधानमन्त्री रेन्सीको संविधान संशोधनको प्रस्तावको पक्षमा निकै कम मत पर्ने देखिएको छ ।

जनमतसंग्रहपछिको मत सर्वेक्षणमा संशोधनको पक्षमा ४२ देखी ४६ तथा विपक्षमा ५४ देखि ५८ प्रतिशत मत खस्ने देखिएको थियो । तर त्यो भन्दा फराकिलो हार व्यहोर्ने देखिएपछि रेन्सीले राजीनामाको घोषणा गरेका हुन ।

Italy Pm

विशेष