ताजा खबर मुख्य समाचार News

प्रधानमन्त्री प्रचण्डद्वारा भट्टराई र यादवलाई संयुक्त भेट

प्रधानमन्त्री प्रचण्डद्वारा भट्टराई र यादवलाई संयुक्त भेट

prachanda-and-baburam

मसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा आइतवार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसद दर्ता भएको संविधान संशोधनको प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत दलहरुको मागको सुनुवाइ गर्नकै लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न डा. भट्टराई र यादवलाई आग्रह गरेका थिए ।

भेटवार्तामा संयोजक डा. भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिका विषयमासमेत प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए । पछिल्लो समय नयाँ शक्ति र सङ्घीय समाजवादी पार्टीबीच कार्यगत एकताका लागि प्रयास भइरहेको चर्चा चलिरहँदा दुवै नेता आज संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई भेटेको विषयलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ ।

baburam bhattarai upendra yadav

विशेष