विदेश

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको यस्तो घिनलाग्दो हर्कत

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको यस्तो घिनलाग्दो हर्कत

kim मंसिर २० । उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उनलाई आनन्द दिने कन्याको खोजीमा मिस वर्ल्ड प्रतियोगिता जस्तो कार्यक्रम गर्न लागिएको छ ।

द डेली स्टार नामक पत्रिकाका अनुसार किमको व्यक्तिगत जीवनलाई रमाइलो बनाउने जिम्मेवारी पाएको संगठन तथा निर्देशन विभागले देशका विभिन्न प्रान्तमा गएर राम्रा युवतीहरू खोजिरहेको छ । मोरानबोङ भनिने किमको आनन्द टोलीका कन्याहरू सर्वोच्च नेताका लागि नर्तकी र मनोरञ्जकका रूपमा काम गर्छन् ।

ती युवतीहरू कन्या हुन् कि होइनन् भनी नियमित रूपमा जाँच गर्ने गरिन्छ । छानिएपछि भने उनीहरूले सम्भ्रान्तहरूसँग यौन गर्नुपर्ने हुन्छ । उत्तर कोरियाका राष्ट्रकवि जाङ जिन सुङले त्यहाँबाट सन् २००४ मा भागेपछि यस्ता घिनलाग्दा प्रतियोगिताका बारेमा द डेली स्टारलाई बताएका थिए ।

यस्ता कन्याहरू तल्लो वर्गका मात्र नभएर उच्च वर्गका पनि हुने उनले बताए । सर्वोच्च नेतासँग रात बिताउन पाउँदा केही कन्याहरू हर्षित हुने गरेको उनको भनाई थियो ।

Kim john Un

विशेष