ताजा खबर विदेश News

श्रीमतीको हठलाई त्याग्न नसकेर दिए प्रधानमन्त्री पदबाट राजीनामा

श्रीमतीको हठलाई त्याग्न नसकेर दिए प्रधानमन्त्री पदबाट राजीनामा

eight_col_keyandfamily मंसिर २० । न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । ८ वर्षदेखि न्युजिल्याण्डको प्रधानमन्त्री रहेका कीले राजीनामा दिने घोषणागरेका हुन् । राजीनामाको निर्णय आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय रहेको प्रधानमन्त्री कीलेबताएका छन् ।

अब बिल इंग्लिस न्युजिल्याण्डको प्रधानमन्त्री बेन्ने सम्भावना छ । प्रधानमन्त्री कीले श्रीमतीको आग्रहमा राजीनामा दिएको न्युजिल्याण्ड हेराल्डले उल्लेख गरेको छ । की सन् २०१४ को सेप्टेम्बरमा तेस्रो कार्यकालका लागि प्रधामन्त्री बनेका थिए ।

पत्रकार सम्मेलनमा उनले पारिवारिक कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । उनले डिसम्बर १२ मा औपचारिक रुपमा राजीनामा दिने समेत बताएका छन् । आफू प्रधानमन्त्री हुँदाको मूल्य आफ्ना सन्तानले चुकाउनु परेको उनको भनाइ छ ।

Newzeland Newziland

विशेष