ताजा खबर मुख्य समाचार राजनीति News

गुल्मीमा दिउँसै निकालियो मसाल जुलुस (फोटोसहित)

गुल्मीमा दिउँसै निकालियो मसाल जुलुस (फोटोसहित)

masa मंसिर २० । सरकारको बिरोधमा गुल्मीको सदरमुकाम तम्घास बजारमा दिउँसै मशाल जुलुस निकालिएको छ । संविधान संशोधन चाँहिदैन, प्रदेश नम्बर पाँचलाई टुक्राउन पाइँदैन’ भन्दै आन्दोलनमा उत्रिएका गुल्मेलीहरुले आईतवार दिउसै मसाल जुलुस निकालेका हुन ।

masa-1

संयुक्त आन्दोलन समितिको आयोजनामा सदरमुकाम तम्घास बजारमा मसाल जुलुस निकालिएको हो । उनिहरुले बिभिन्न नाराबाजी सहित सरकारले तुरुन्त संशोधन फिर्ता आग्रह समेत गरेका छन् । सरकारले जनभावना बिपरित ल्याएको संशोधन प्रस्ताव तुरुन्त फिर्ता नल्याए अन्दोलन झन चर्काएर लैजाने समेत आन्दोलनकारीहरुले बताएका छन् । बिरोध स्वरुप गुल्मीमा सोमवार बृहत जनसभा गर्ने भएका छन् । अन्दोलन समितिले जिल्लाका सबै गाविसबाट जनसहभागिता जुटाएर सोमवार सदरमुकाम तम्घासको टुडिखेलमा दिउसो १ बजे बृहत जनसभा गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।

masa-2

अन्दोलनरत पक्षको अबरोधका कारण गुल्मीमा आइतवार पनि सरकारी कार्यलयहरुमा कामकाज ठप्प भएका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानियबासीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा १ घण्टा धर्ना बसी कामकाज ठप्प पारेका हुन ।

Gulmi Pradasan

विशेष