ताजा खबर News

संविधान संशोधनको विरोधमा भारतमा प्रर्दशन

संविधान संशोधनको विरोधमा भारतमा प्रर्दशन

मंसिर २० । भारत रहेका विभिन्न राजनीतिक दल सम्वन्ध प्रवासी संगठनहरुले संविधान संशोधनको लागि संसदमा दर्ता भएको प्रस्तावको विरोधमा दिल्लीमा प्रर्दशन गरेका छन् । उनीहरुले ‘राष्ट्रियताको रक्षा गरौ, संविधान संशोधनमा राष्ट्रघाती कदमको विरोध गरौ’भन्ने नाराका साथ विरोधप्रर्दशन गरेका हुन् ।

उनीहरुले तराईका जिल्लाहरुको वेग्लै प्रदेश वनाउने तथा नागरिकता लगायतका विषय समेटिएको प्रस्तावको विरुद्धमा नेपालमा भईरहेको आन्दोलनप्रति आफूहरुको ऐक्यवद्धता रहेको समेत वताएका छन् । तराई र पहाडका जिल्लाहरुलाई अलग गर्ने प्रस्ताव आफूहरुलाई मान्य नहुने उनीहरुको धारणा थियो ।

नयाँ दिल्लीस्थित जन्तरमन्तरमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकटको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको प्रवासी नेपाली संघ भारत र नेकपा माले निकटको अखिल भारत प्रवासी नेपाली संघको सहभागिता थियो ।

नेपाली काँग्रेस निकटको जनसम्पर्क समिती भारतले भने आफ्नो आधिकारिक सहभागिता नरहेको तथा त्यस क्षेत्रका केही प्रवासी नेताहरुले व्यक्तिगत रुपमा कार्यक्रममा सहभागी भएको जनाएको छ । सत्तारुढ नेकपा एकता केन्द्र र मोहन वैध नेतृत्वको माओवादी पनि विरोध कार्यक्रममा सहभागि भएको थिएन् । उनीहरुले भारतको दवावमा सो संविधान संशोधन विधेयक दर्ता गराएको भन्दै भारतिय हस्तक्षेपको समेत विरोध गरेका छन् ।

प्रर्दशनमा प्रवासी संगठनहरुले अंगिकृत नागरिकता लगायतका अन्य प्रावधानहरुको समेत विरोध गरेका छन् । उनीहरुले यस्तो प्रावधान भारतमा समेत नभएको सन्दर्भमा नेपालमा प्रस्तावित गरिनु दुर्भाग्यपूर्ण भएको समेत वताएका छन ।

canstitution In nepal

विशेष