खेल ताजा खबर News

त्रिवेणी गोल्डकप पुस १२ गतेबाट

त्रिवेणी गोल्डकप पुस १२ गतेबाट

triveni-gold-cup

मंसिर २० । लमजुङको त्रिवेणी क्लबको आयोजनामा आगमी पुस १२ गते त्रिवेणी गोल्डकप हुने भएको छ । आफ्नो सिल्भर महोत्सवका अवसरमा उक्त प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकरी दिइएको हो ।

क्लबको २५ औं वार्षिक उत्सवका अवसरमा उक्त प्रतियोगिता गराइने र विजेता टिमले ३ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने टिमलाई टिमलाई ५० हजार दिइने क्लबका अध्यक्ष छबिन्द्र गुरुङले जानकारी दिए ।

प्रतियोगितामा धेरै गोल गर्नेलाई १५ हजार दिइने छ । उक्त प्रतियोगिताका लागि सत्रलाख ९० हजार बजेट छुट्याइएको पनि आयोजकले जनाएको छ ।

Triveni Gold cup

विशेष