खेल ताजा खबर News

तयार भयो यू १९ क्रिकेट टिम, संदिप कप्तान

तयार भयो यू १९ क्रिकेट टिम, संदिप कप्तान

sandip मंसिर २० । एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटका लागी नेपाल टोलीको घोषणा गरिएको छ । प्रतियोगिता सुरु हुनु ९ दिन अघि सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

अष्ट्रेलियास्थित एक क्लबमा करिब चार महिना लामो खेल पछि स्वदेश फर्किएका लामिछानेलाई पहिलो पटक क्याप्टेन बनाईएको हो । टोलीमा आसिफ शेख, रविन्द्रजंग शाही, आदिल खान, भिम सार्की, अनिलकुमार शाह, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ रहेको नेपाली टोलीका टेक्नीकल एनालिष्ट रमण सिवाकोटीले जानकारी दिए ।

टोलीमा सुर्वाणकर उराउ, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनाश कर्ण र रोहित कुमार पौडेल पनि परेका छन् । आईसीसी एसियाका वेन्कटपथि राजु, नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनीको टोलीका प्रशिक्षक विनोद दासले नेपाली टोलीको चयन गरेका हुन् । प्रतियोगीता मंसिर २९ गते देखि पुस ९ गते सम्म श्रीलंकामा हुनेछ ।

Sandip Lamichane U-19 cricket team

विशेष