ताजा खबर विदेश News

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

मंसिर २० । इन्डोनेसियाको पूर्वी तटमा ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन भने क्षति वा हताहतीबारे हालसम्म कुनै समाचार आएको छैन ।

इन्डोनेसियाको विपत्त व्यवस्थापन केन्द्रले भूकम्पको क्षतिबारे बुझिरहेको बताएको छ । समुद्रमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको केन्द्रविन्दु माउमेरेबाट करिब १९० किलोमिटर उत्तरपूर्वमा रहेको थियो भने यसको गहिराई ५२२ किलोमिटर तल रहेको थियो ।

विशेष