विदेश

सिरियाको विभिन्न इलाकामा भएको आक्रमणमा दर्जनौं मारिए

सिरियाको विभिन्न इलाकामा भएको आक्रमणमा दर्जनौं मारिए
मंसिर–२० । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोमबार अलेप्पो प्रान्तमा स्थायी युद्धविरामको मतदानको तयारी गरिरहेको अवस्था सो हवाई आक्रमण भएको छ । सिरियाको ठूलो सहर अलेप्पोमा पुनःनियन्त्रणका लागि रिसियाली सरकारले भीषण आक्रमण गरिरेहको छ । यसै क्रममा अलेप्पोको पूर्वी जिल्ला ६० प्रतिशत भन्दा बढी सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको छ । सन् २०१२ मा विद्रोहीले सो जिल्ला नियन्त्रणमा लिएको थियो । त्यसैगरी उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको कफ्र नबेल सहरमा संदिग्ध रसियाली हवाई आत्रक्रममा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको बेलायतसँग आवद्ध सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । चालकरहित विमानले सो सरहको बजार इलाकासहित कैयाँै स्थानमा प्रहार गरेको प्रयत्क्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । त्यसैगरी संदिग्ध रसियाली हवाई आक्रमणमा मारेत अल नुमान सहर १८ व्यक्तिको मृत्यु एएफपी फोटो पत्रकारले जानकारी दिएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् । त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

रसियाली हवाई आक्रमण सिरिया

विशेष