विदेश

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको समाचार गलत

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको समाचार गलत
jayalalita मंसिर – २० । भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको नभएको अस्पताले बताएको छ । केही संचारमाध्यमले उनको मृत्यु भएको समाचार प्रसारण गरेपछि एपाेलाे हस्पिटल चेनाईले एक प्रेस विज्ञपित जारी गर्दै उनको मृत्यु नभएको जानकारी दिएको हो । सोमबार साँझ ६८ वर्षको उमेरमा जयललिताको निधन भएको समाचार भारतीय संचारमाध्यमका साथसाथै नेपाली संचारमाध्यमा आएको थियो । विगत दुई महिनादेखि एपाेलाे अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक स्वास्थ्य बिग्रिएर थियो । उनलाई एक्कासी हृदयघात भएर अवस्था नाजुक भएको उपचारमा संलग्न डाक्टरहरुलाई उल्लेख गर्दै भारतीय संचारमाध्महरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएपछि हजारौंको संख्यामा उनका समर्थकहरू अपोलो अस्पतालबाहिर जम्मा भएका थिए । दक्षिण भारतमा उनकाको प्रशंसक धेरै भएको बताइन्छ । जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातिदेखि नै मन्दिरमा पूजाअर्चना गरिरहेका थिए । apolo

जयललिता तामिलनाडु

विशेष