ताजा खबर News समाज

कल्पनाका लागि अमेरिकाबाट आयो ३२ लाख सहयोग

कल्पनाका लागि अमेरिकाबाट आयो ३२ लाख सहयोग
kalpana अमेरिकाको ओक्लोहमामा अध्ययनरत २० बर्षिय छोरी निशा कार्कीलाई गुमाएकी कल्पनाका लागि टेक्सस नेपाली समाजले ३२ लाख रुपैयाँ सहयोग पठाएको छ । समाजले नोभेम्बर १५ मा निशाको निधन भएलगत्तै अनलाइन सहयोग अभियान थालेको थियो । समाजका अध्यक्ष कृष्ण लामिछानेका अनुसार कर कट्टा गरी ३२ लाख २४ हजार ३ सय ४१ रुपैयाँ अमेरिकाको बैँकमार्फत नेपाल पठाइएको हो । एकमात्र सन्तान निशालाई गुमाएकी कल्पनाले छोरीको मुख हेर्ने अन्तिम ईच्छा रहेको भन्दै नेपालआज मार्फत पुकारा गरेकी थिइन् । उनको ईच्छा बमोजिम निशाको शब काठमाडौँ पठाइएको थियो । शब पठाउने व्यवस्थापनि नेपाली समाज टेक्ससले गरेको थियो । नर्सिङ अध्ययन गर्न अमेरिका पुगेकी निशालाई कल्पनाले दुःखले हुर्काएकी थिइन् । निशा सानै छँदा कल्पनाले श्रीमान गुमाएकी थिइन् । धादिङकी कल्पनाले काठमाडौँमा मजदुरी गरी छोरी हुर्काएकी थिइन् ।

र यो पनि

अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित] कल्पनाका लागि ३० लाख सहयोग उठ्यो, श्रद्धान्जली कार्यक्रमपछि निशाको शब नेपाल पठाइने अमेरिकामा अर्का नेपालीको निधन, शोकाकुल परिवारका लागि नेपाली समाजको सहयोग

America kalpana karki krishna lamichhane nisha

विशेष