अर्थ ताजा खबर News

ल्हासा आइपुग्यो रेल

ल्हासा आइपुग्यो रेल

china मंसिर २१ ।  चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल मालबाहक रेल पहिलोपटक पाँच हजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको रेलवे स्टेसनमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीका अनुसारसो रेलको तिब्बत आगमनले तिब्बत र नेपालमा सामान आपूर्तिमा नयाँ फड्को सावित हुनेछ ।

कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका उच्च अधिकारी, रेल कम्पनीका अधिकारी र तिब्बत वाणिज्य विभागका अधिकारीले सो क्षमताको मालबाहक रेल सेवाले तिब्बत र नेपालका जनताले लाभ प्राप्त गर्ने बताएको कार्कीले उल्लेख गरे ।

उच्च तिब्बती भूभागमा विशाल मालबाहक रेल गुड्न सकेकोमा चीनको तिब्बत स्वायत्त प्रदेशका अधिकारीहरुले खुशी प्रकट गरेका छन् । ग्वाङ्जाउदेखि ल्हासासम्मको दुरी पाँच हजार किलोमिटर रहेको छ भने ल्हासादेखि सिगात्सेको दुरी २५३ किलोमिटर रहेको छ । सिगात्सेदेखि काठमाडौँको दुरी ८७० किलोमिटर रहेको छ ।

सिगात्सेबाट मालबाहक कन्टेनरमार्फ केरुङ हुँदै सामानलाई काठमाडौँ लगिनेछ । ग्वाङ्जाउबाट समुद्री मार्गको तुलनमा मालबाहक रेलमार्फत स्थलमार्ग ३५ दिन चाँडो सामान काठमाडौं पुग्नेछ । यसबाट समय र ढुवाली मूल्यमा ठूलो बचत हुने बताइएको छ । यो रेललाई चीनमा ग्वाङ्जाउ–तिब्बत–मध्य तथा दक्षिण एशिया रेल सेवाको पहिलो मालबाहक रेल भनेर उल्लेख गरिएको छ ।

ग्वाङजाउबाट पहिलोपटक गएको मालबाहक रेलमा लुगाकपडा, फर्निचर, विद्युतीय लगायतका सामग्रीहरु समावेश गरिएको छ र ती सामानको मूल्य एक करोड नब्बे लाख चिनियाँ युआन अर्थात् ३० करोड नेपाली मूल्य बराबर रहेको छ ।

कान्तिपुर

Chinese Rail Rail

विशेष