ताजा खबर मुख्य समाचार राजनीति News

डनको गाँउमा गच्छदार, कार्यक्रम स्थलमा गोली चल्यो

डनको गाँउमा गच्छदार, कार्यक्रम स्थलमा गोली चल्यो

Bijaya Gacchadar मंसिर २१ । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा गोली चलेको छ । कार्यक्रममा झडप भएपछी त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको हो ।

मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरीले जनाएको छ ।

कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रहरीको भनाइ छ । घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो ।

प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ ।

Bijaya Gacchadar

विशेष