ताजा खबर मुख्य समाचार News

आफूलाई लोकतन्त्रका ‘मसिहा’ ठान्छन् तर चुनाव गराउन मान्दैनन : राष्ट्रपति भण्डारी

आफूलाई लोकतन्त्रका ‘मसिहा’ ठान्छन् तर चुनाव गराउन मान्दैनन : राष्ट्रपति भण्डारी

bidhya-bhandari-1

मंसिर २१ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले एक वर्षभित्रै चुनाव नगराइए मुलुक अस्थिरतातर्फ धकेलिने चेतावनी दिएकी छन् । बीबीसीनेपाली सेवाकोे ‘हन्ड्रेड विमिन’ अर्थात एक सय महिला श्रृंखला अन्तर्गत अन्तर्वार्ता उनले प्रादेशिक चुनावमा ढिलाई भएर असर नपर्ने भएपनि आमनिर्वाचन र स्थानीय निर्वाचन समयभित्रै गराउनुपर्ने बताइन् ।

त्यस्तै उनले अन्तर्वार्ताका क्रममा महिलालाई पुरुषले सम्मान नगरेकोमा चिन्ता व्यक्त गरिन । पितृसतात्मक समाजको विचार परिवर्तन नभएको कारणले नै महिलालाई भेदभाव भएको उनले बताइन । महिलालाई कानुन र कुरुतीलाई निषेध गरेपनि चेतनाको अभावमा महिलाहरु अझै हेपिएको उनले बताईन । देश परिवर्तन गर्न नेपालले अझै धेरै काम गर्न पर्ने रहेको समेत छ ।

राजनीतिक अस्थिरताले देशलाई विकासको गति अगाडि बढाउन नसकिएको समेत उनले अन्तर्वार्ताका क्रममा बताइन । महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्नेमा उनले जोड दिइन । लोकतन्त्रका मसियाहरुनै चुनावको लागि तयार भएनन् ।

निर्वाचन गराउन सरकार जिम्मेवार हुन पर्छ । सरकारमा भएका गठबन्धन दलले विपक्षिदललाई पनि संगै लिएर हिड्नु पर्ने निर्वाचन गराउन सबै दल जिम्मेवार हुन पर्ने उनले जोड दिइन । संविधानको अधिकारलाई स्थापित गर्न चुनाव नै आवश्यक रहेको उनको जोड दिएन । आफू घातक रोगबाट बचेर यो अवस्थामा आइपुगेकोमा मलाई गर्व रहेको र मेरो श्रीमानले गरेको सपना साकार भएकोमा गर्व रहको पनि उनले बताइन ।

Bidya Bhandari

विशेष