मुख्य समाचार विदेश

सबैकी प्रिय अम्माको निधनमा शोकमा डुब्यो तमिलनाडु, अन्तिम संस्कार आजै

सबैकी प्रिय अम्माको निधनमा शोकमा डुब्यो तमिलनाडु, अन्तिम संस्कार आजै

jaya तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार मध्यरातमा निधन भएको अपोलो अस्पतालले पुष्टि गरे संगै उनका समर्थकले अस्पताल बाहिर हंगामा गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले लाठी नै चार्ज गर्नु पर्यो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नइ प्रस्थान गरका छन भने उनको निधनले भारतीय राजनीतिमा एक महान हस्ती गुमाएको भन्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शोक व्यक्त गरेका छन् । उनको अन्तिम संकार आजै अन्तिम संकार गरिने भएको छ ।

को हुन जयललिता

सन १९४८ फ्रेबुअरीमा जन्मिएकी जयललिता पहिला नतर्कीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी थिइन । उनले राजनीतिमा प्रवेश गर्नु भन्दा पहिला भारतीय रंगमञ्चमा १ सय ४० भन्दा बढी फिल्ममा पनि अभिनय गरिकी थिइन । सन १९६० मा उनले आफ्नो पहिलो नृत्य प्रस्तुत गरिन् । जयललिताले हिन्दी, अंग्रजी, कन्नड, तेलगु, मलयाली, तमिल फिल्ममा पनि काम गरेकी थिइन । उनले काम गरेका १०० भन्दा बढी फिल्मले भारतमा तहल्का मच्चाइसकेको थियो । उनले फिल्मबाट थुप्रै अवार्ड समेत जितेकी थिइन ।

जयललिताको राजनीतिक यात्रा

सन १९८२ मा उनले अन्ना द्रबिड मुनत्र कड्नम की सदस्यता लिएकी अम्माले एमजी रामचन्द्रको साथमा राजनीतिको सुरुवात गरेकी थिइन त्यसको एक वर्षमा नै उनलाई पार्टीको प्रोपोगाडा सचिवमा नियुक्त भइन् ।

त्यसपछि उनले राज्सभाको चुनाव र विधानसभाको उपचुनाव जितेर विधानसभाकी सदस्य भइनन भइन । उनै रामचन्द्रसंग भएको तनावका कारण उनलाई पार्टिको उपनेताबाट हटाइदिए । सन १९८७ मा रामचन्द्रको निधन भएपछि उनलाई उत्तराधिकारीमा नियुक्त गरियो । उनलेको पार्टीले सन १९८९ मा विधानसभामा २७ सिट जित्तै पहिलो प्रतिपक्षी पार्टीको नेता बन्न पुगिन । सन १९९१ मा उनले राजीव गान्धीको हत्यापछि कांग्रेसंग मिलेर चुनाव लडिन र उनी उक्त राज्यको सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बनिन ।

त्यस पछि उनको पार्टीले सन १९९६ मा नराम्रोसंग हार ब्यहोरयो उनी पनि चुनावमा हारिन । त्यसपछि उनलाई भ्रष्टाचारको आरोप लाग्यो जेल गइन । सजाय भुक्तान गरिसकेपछि उनले सन २००१ मा चुनाव जित्तै मुख्यमन्त्रीको पदमा विरासित भइन । त्यसपछि फेरि उनले सन् २००४ मा नराम्रो संग हार व्यहोरयो । त्यसपछि सन् २०११ मा फेरि मुख्यमन्त्री बनिन् ।

उनी त्यसपछि लगातार हाल सम्म मुख्यमन्त्रीको पदमा विरासित थिइन ।

र यो पनि

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको समाचार गलत

विशेष