ताजा खबर मुख्य समाचार News

तराईमा २ प्रदेश सबैभन्दा उपयुक्त, हाम्रो त एजेण्डै त्यही हो

तराईमा २ प्रदेश सबैभन्दा उपयुक्त, हाम्रो त एजेण्डै त्यही हो

हामी चुनावमा जाँदा तराईमा २ प्रदेश भनेरै गएका हौँ । मन्त्री विक्रम पाण्डेले पनि त्यही एजेण्डामा चुनाव लड्नु भएको हो । हामी एउटै पार्टीमा थियौँ हिजो पनि । हाम्रो घोषणापत्रमा त बकाइदा तराईमा २ प्रदेश भनेर लेखेको छ । उहाँले तराईका जिल्लामात्र जोडेर प्रदेश बनाउन नहुने भनेर बोलेजस्तो मलाई लाग्दैन । आफ्नै घोषणापत्रको विरुद्धमा जान उहाँलाई मिल्दैन ।

प्रदेश नम्बर २ एमाले काँग्रेसले बनाएका हुन् । के त्यो प्रदेश टुक्राउनलाई बनाइएको हो ? त्यसो हो भने एमालेले भन्नुप¥यो । बुटवललाई पाल्पा, अर्घाखाँची र गुल्मीसँग जोड्नै पर्ने हो भने बाँके बर्दियालाई सुर्खेतसँग जोड्न नपर्ने ? सबैलाई तराई र पहाड चाहिने नै हो भने कर्णालीलाई किन भएन ? तर्क गर्दा सुहाउँदो हुनुपर्छ । हिजो एमाले काँग्रेसले नै होइन बर्दियादेखि नवलपरासीसम्मका पाँच जिल्ला राखेर प्रादेशिक खाका बनाएको ? कुरा फेरेको फेर्यै गर्नुभएन । देश टुक्रिन्छ भनेर हलुका ढंगले बोल्नु हुँदैन । पाँच जिल्लाका जनताप्रतिको अविस्वास किन ?

जहाँसम्म हाम्रो पार्टी एक भइसकेपछि के गर्ने भन्ने सवाल छ, यसमा निर्णय भइसकेको छैन । हामी तराईमा २ प्रदेशको पक्षमा हिजोपनि थियौँ र आजपनि छौँ । कमल थापाजीको मत फरक हुन सक्छ, हामीले एकीकृत निर्णय गर्न बाँकी छ । तर, तराईका जिल्लामात्रै राखेर प्रदेश बनाउँदा बिग्रिन्छ भन्नु सत्य होइन ।

(राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबरासँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित )

Pashupati Samser Rana

विशेष