ताजा खबर विदेश News

भारतमा अर्को चायवाला बने मुख्यमन्त्री

भारतमा अर्को चायवाला बने मुख्यमन्त्री

1 मंसिर २१ । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि नयां मुख्यमन्त्रीका रुपमा ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् ।

दुई पटक जयललिता जेल गएसंगै उनले राज्यको कमाण्ड समालेका थिए । पनीरसेल्वम जयललिताका सवैभन्दा वफादार सहयोगी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे । र, उनका बाबुपनि पार्टीका बफदार कार्यकर्ता थिए ।

पनिरसेल्वमका भाई आज पनि पेरियाकुलमा चियाको पसल चलाउंछन् । पनिरसेल्वमले चिया पसलमा फुर्सद निकालेर स्नातक गरेका थिए ।

मुख्यमन्त्री चयन भएका पनिरसेल्वम जयललिता बस्ने कुर्सीमा कहिले नबसुन् भन्ने जनताको भनाइ छ । पनिरसेल्वम थेवर समुदायका हुन् जसको दक्षिण तामिलनाडुमा राम्रो प्रभाव रहेको छ ।

विशेष