राजनीति News

नेपालको मौलिक शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्ने — प्रचण्ड

नेपालको मौलिक शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्ने — प्रचण्ड
puspa-kamal-dahal-prachanda मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली संघले खेलेको भूमिकाका लागि संघलाई धन्यवाद दिएका छन् । नेपालस्थित संघका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा उनले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गरे । भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा संघ विश्वस्त रहेको बताएका थिए ।

Prachanda

विशेष