News समाज

सुत्केरी भत्ताले ल्यायो पशुपालनमा यस्तो आकर्षण

सुत्केरी भत्ताले ल्यायो पशुपालनमा यस्तो आकर्षण
cow मंसिर २१ । पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ । सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि त्यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१ सालदेखि पशु सुत्केरी खर्च कार्यक्रम सञ्चालन गरेको छ । अहिलेसम्म ६९० पशुको सुत्केरी खर्च किसानलाई उपलब्ध गराएको सहकारीका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए । सुत्केरी खर्च कार्यक्रमका कारण संस्थामा अहिले पशुबिमा गर्ने र व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएको उक्त सहकारीका व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए । बिमा गरेका पशु सुत्केरी भएमा संस्थाले सुत्केरी खर्च रकमबापत रु ५०० किसानलाई उपलब्ध गराउने गरेको छ । “किसानमा जनचेतना फैलाउन सहकारीले सुत्केरी खर्च कार्यक्रम ल्याएको हो,” सहकारी अध्यक्ष भट्टराईले भने । बिमाका कारण पशुपालन व्यवसाय गर्न सहज भएको त्यहाँका किसान बताउँछन् ।

सुत्केरी भत्ता

विशेष