बजेट पारित भएपछि इटालीका प्रधानमन्त्रीद्धारा राजिनामाको घोषणा
मंसिर २१ । इटालीका प्रधानमन्त्री मटिओ रेन्जीले सन् २०१७ को बजेट पारित भएपछि औपचारिक रुपमा आफ्नो पदबाट राजिनामा दिने हुने घोषणा गरेको खबर इटालीका राष्ट्रपति सेर्जिओ मट्टारेल्लाले सोमबार जानकारी दिएका छन् ।
आइतबार भएको जनमतसंग्र्रहमा प्रधानमन्त्री रेन्जीले संवैधानिक परिर्वतनको प्रस्ताव अस्विकृत भएपछि सोमबार उनले औपचारिक रुपमा राजिनामा दिने घोषणा गरेका छन् ।
जनमत सङग्रहमा संशोधन प्रस्तावका विरुद्धमा ५९ प्रतिशत मत परेको थियो । यस पक्षमा ४१ प्रतिशत मत परेको थियो ।
रेन्जीले आइतबार नै संशोधन प्रस्ताव पारित नभएमा आफुले राजिनामा दिने घोषणा गरेका थिए । सन् २०१४ मा इटालीको सवभन्दा कान्छो उमेरको प्रधानमन्त्रीको रुपमा रेन्जी चयन भएका थिए ।
सोमबार उनले मन्त्रीपरिषद्को छोटो बैठक राखेपछि बेलुका राष्ट्रपति मट्टारेल्लालाई क्विरिनल दरबारमा भेटेका थिए ।
इटालीका प्रधानमन्त्रीद्धारा राजिनामा