बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित


मंसिर - २१ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस त्रिवि परीक्षाफल