News

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जयाललिताको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जयाललिताको निधनप्रति दुःख व्यक्त
bidhya-bhandari-1
मंसिर - २१ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री सेल्भी जे जयाललिताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना सन्देश पठाएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आफ्ना भारतीय सकमक्षीहरुमार्फत स्वर्गीय जयाललिताप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकाे सन्देशमा उल्लेख छ । मुख्यमन्त्री जयाललिताको हृदयघात भई उपचारका क्रममा सोमबार राति निधन भएको हो । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्यादेवी भण्डारी

विशेष