ताजा खबर मुख्य समाचार राजनीति News

ओलीको चीन भ्रमण रद्द, ईश्वर पोखरेल जाने

ओलीको चीन भ्रमण रद्द, ईश्वर पोखरेल जाने

मंसिर २२ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिधाति कार्यक्रम रद्द गरेको छ।

मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनले चीन जाने कार्यक्रम रद्द गरेको हो । चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम भए पनि व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिनुहुने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थ्विद्ले पनि भाग लिने कार्यक्रम छ।

KP Oli PM Kp oli

विशेष