सुनसरीको पोलिप्याक उद्योगमा आगलागीबाट १५ करोडको क्षति

मंसिर २२ – सुनसरीको दुहबी–५ सोनापुरमा रहेको हनुमन्त पोलिप्याक उद्योगमा लागेको आगोबाट १५ करोडभन्दा बढीको नोक्सानी भएको छ ।
खेतको बिचमा रहेको उद्योगको भवन, कच्चाापदार्थ एउटा बोलेरो गाडी र ट्रयाक्टर जल्दा १५ करोड बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका साढे ६ बजेदेखि लागेको आगो इटहरी, धरान, विराटनगर र दमकका दमकलको सहयोगमा राति साढे ९ बजेतिर निभाइएको थियो ।
aglagi