ताजा खबर राजनीति News

राहतमा सांसदको रजाइँ

राहतमा सांसदको रजाइँ

मंसिर २२ । सके भूकम्प पीडितलाई सहयोग र राहत दिनुपर्ने हो । तर ओखलढुंगामा राजनीतिक दलका नेताहरुले उल्टै भूकम्प पीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । जसमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु पनि सहभागी भएका छन् ।

हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्प पीडितबाट अनुदानमा प्राप्त रकमको एक÷एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरु हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् ।

शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबार फुलबारी गाविसमा संचालन भएको छ । गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन ।

ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए । यही बहानामा हेलिकप्टरका लागि लाग्ने ढुवानी खर्च र शिविर व्यवस्थापन खर्च भन्दै राजनीतिक दलहरु र गाविस सचिवको मिलेमतोमा लाभग्राहीबाट पैसा उठाइएको हो ।

एउटै गाविसबाट ३ लाख भन्दा बढी रकम उठाइएको छ । उक्त रकम हेलिकप्टरको भाडाबाहेक कुन÷कुन शीर्षकमा खर्च गरिएको भन्ने सार्वजनिक गरिएको छैन । कान्तिपुर

 

ramhari khatiwada

विशेष