ताजा खबर राजनीति News

नेपालको तराई भू–भाग खानका लागि भारत ७० वर्ष देखि प्रयासरत छ : नेता केसी

नेपालको तराई भू–भाग खानका लागि भारत ७० वर्ष देखि प्रयासरत छ  :  नेता केसी

chitra-bahadur-kc-nepal-aaja मंसिर २२ । नेकपा एमाले, माले, नेमकिपा र राष्ट्रिय जनमोर्चालगायत विपक्षी दलहरूको विरोधका कारण व्यवस्थापिका संसदको बैठक बुधवार लगातार चौंथो पटक अवरुद्ध भएको छ ।

व्यवस्थापिका संसदको बैठकको बुधवार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर राजमोका चित्रबहादुर केसीले सरकारले पाँच नम्बर प्रदेश टुक्र्याउनेगरी प्रस्ताव गरिएको राष्ट्रघाती संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म संसद चल्न नदिने बताए ।

केसीले नेपालको तराई भूभाग टुक्र्याउन भारतले ७० वर्षदेखि षडयन्त्र गरिरहेको आरोप लगाए । केसी बोलेपछि विपक्षी दलका सांसदहरू उभिएर विरोध गरेका थिए । संसदको बैठक मंसिर २४ गते सम्मका लागि स्थगित भएको छ ।

विशेष