News समाज

यसरी पैसामा बेचिन्छन् सरकारी कर्मचारी, दिन्छन् झुटो मूल्याङ्कनः गैर सरकारी संस्थाको संख्या ४६ हजार, कारवाही शून्य

यसरी पैसामा बेचिन्छन् सरकारी कर्मचारी, दिन्छन् झुटो मूल्याङ्कनः गैर सरकारी संस्थाको संख्या ४६ हजार, कारवाही शून्य

नेपालमा २०७२ मसिंर सम्म ४५ हजार ५ सयवटा गैरसरकारीसस्था(एनजीओ) र २ सय भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी सस्था (आइएनजीओ) दर्ता भइसकेका छन् । विकासका लागि भन्दै एनजीओ र आईएनजीओ विभिन्न जिल्लाहरुमा च्याउसरी उम्रिएका छन । ‘के गरेको छ, यति धेरै एनजीओ र आइएनजीओले ?’ च्याउसरी उम्रिएका एनजीओ र आइएनजीओको भुमिका र औचित्यका बारेमा प्रश्न उठ्दै आएको छ ।
कहाँ कति एनजिओ ? अन्य ठाउँभन्दा विकाशमा अगाडि मध्यामञ्चलमा २४ हजार ८ सय ४१ वटा एनजीओ छन । काठमाण्डौमा १२ हजार ६ सय ८७ वटा एनजीओ दर्ता भएका छन् । सिन्धुपाल्चोकमा ४०९ वटा गोरखामा ४४५ वटा र दोलखामा २७० वटा एनजीओ छन । नेपालको ठूलाे जिल्ला डोल्पामा १०० वटा एनजीओ छन् भने सानो जिल्ला भक्तपुरमा ४८६ वटा एनजीओ सञ्चालनमा आएको छन् । कास्कीमा ९८४ वटा एनजीओ चलिरहेका छन् । मनाङ जिल्लामा १७ वटा एनजीओ दर्ता भएका छन् । जाजरकोट जिल्लामा १६५ वटा एनजीओले काम गरिरहेका छन । त्यसैगरि भोजपुरमा ७१ वटा एनजीओले छ भने ताप्लेजुङमा ९१ वटा एनजीओले काम गरिरहेका छन । ६६ वटा एनजीओ संखुवासभा जिल्लामा छन । एनजीओको संख्या धेरै भएतापनि दुर्गममा गएर काम गर्ने एनजीओहरु थोरै छन ।
कसरी खोलिन्छ गैरसरकारी संस्था ? एनजीओ खोल्न कुनै ठूलो तयारी र लगानी लाग्दैन । ७ जना कार्यबाहक सदस्यले विधान बनाउनु पर्छ । विधान बनेपछि जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता हुन्छ । सस्था जुन क्षेत्रमा काम गर्नु पर्ने हो त्यो क्षेत्रको स्वीकृति लिनुपर्ने हुन्छ । जस्तै, स्वास्थ्य सम्बन्धी काम गर्नुछ भने स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिनुपर्छ । अन्य क्षेत्रमा हो भने सोही अनुसार मन्त्रालयबाट स्वीकृती लिनुपर्छ ।
डोनेशन कसरी आउछ ? एनजीओ दर्ता गरिसकेपछि एनजीओको खातामा सिधै डोनरसँग समन्वय गर्न सकिन्छ । डोनरले एनजीओ तथा आइएनजीओलाइ पैसा पठाउनको लागि नेपाल भित्र या बाहिर जताबाट भएपनि नेपाल सरकारसँग कुनै स्वीकृती लिनु पर्दैन । नेपाल सरकारले डोनरको कुनै पनि आयस्रोत हेर्दैन । एनजीओलाई आफ्नो संस्थाको कार्यको लागि विश्वको जुनसुकै ठाउमा रहेको सस्था वा व्याक्तिबाट पैसा ल्याउन कुनै कानुनी बाधाअड्चन छैन ।
डोनेशन कसरी उपयोग गर्छ ? विदेश वा स्वदेशी डोनरले दिएको पैसाले एनजीओले आफ्नो कार्यक्रमहरु अगाडी बढाउछ । के कार्यक्रम गर्ने ? कुन क्षेत्रमा कुन विषयको कार्यक्रम गर्ने जस्ता विस्तृत विषयको जानकारी समाज कल्याण परिषदलाई जानकारी गराउछ । कार्यक्रम प्रस्तुत गरिसकेपछि समाज कल्याण परिषदले स्वीकृत प्रदान गर्दछ । आफुले गर्न खोजेको काम र कार्यक्षेमा गएर संस्थाहरुले सुरु गर्न थाल्छ । आएको डोनेशन अनुसार आफ्नो क्षेत्रमा आफ्नो तोकिएको समयमै काम सक्नुपर्ने हुन्छ । एनजीओले आफ्नो विधान अनुसार काम सकेर कार्यक्षेत्रबाट बिदा हुनुपर्ने हुन्छ । संस्थाको आर्थिक विवरणको अडिट समाज कल्याण परिषदकै मातहतमा हुन्छ ।
मूल्यांकन र कारवाही कसरी हुन्छ ? सस्थाको कामको सहयोग र नीरिक्षण समबन्धित क्षेत्रको जिल्ला विकास समिति र गाविसले गर्दछ । कामको प्रकृति बजेट र कार्यक्षेत्र हेरेर त्यसको मुल्यांकन र नीरिक्षण गर्छ । २० लाख भन्दा बढीको बजेट लिएर संस्था आयो भने त्यसको नीरिक्षण समाज कल्याण परिषदले गर्छ । २० लाखभन्दा कम बजेटको कार्यक्रम हुँदा त्यसको नीरिक्षण जिल्ला विकास समितिले गर्छ । सो भन्दा कम बजेट आयो भने गाविसले नीरिक्षण र कामको मुल्यांकन गर्छ । यसरी एनजीओ तथा आइएनजीओले सरकारी सस्थाको कर्मचारीहरुलाई सहयोग गरेबापत पारिश्रमिक दिनेभएकाले उनीहरुको विरुद्धमा बोल्दैनन् ।
कारवाही भएको छैन एनजीओ तथा आईएनजीओले काम गरेको नगरेका हेर्ने र उनीहरुलाई कारवाही गराउने भुमिका समाज कल्याण परिषदको हुने परिषदको उपनिर्देशक ईन्दिरा लम्साल बताउछिन । लम्सालका अनुसार परिषदले संस्थालाई काम सन्तोषजनक नभएमा सचेत गराउँदछ । अहिलेसम्म कुनै पनि एनजीओ तथा एनजीओलाई परिषदले कारवाही गरेको छैन । कारवाही नगर्नुको कारणका सम्बन्धमा लम्साल भन्छिन्, ‘हामीले काम नगर्नेहरुलाई चेतावनी दिएका छौँ । त्यसपछि उनीहरुले काम गर्छन । कारवाही गर्नुपर्ने जरुरत नै पर्दैन । ’ कार्यक्रमको स्वीकृत गर्ने बेलामा संस्थाहरुले समाज कल्याण परिषदको कर्मचारीलाई टिम लिडरको रुपमा छनौट गर्छन । ती कर्मचारीलाई सम्बन्धित संस्थाले आर्कषक तलब, भत्ता र यातायात खर्च समेत प्रदान गर्छ । संस्थाबाट आर्कषक पैसा आएपछि मुल्यांकन र नीरिक्षणमा जाने कर्मचारीहरुले सस्थाले काम नगरेपनि त्यसको विरुद्धमा कहिल्लै उत्रिदैनन् । प्रस्तुतिः सागर बुढाथोकी

NGo sarkari karmachari

विशेष