News

प्रधानमन्त्री अाउने भएपछि सुदूरपश्मि महोत्सव स्थलमा तनाव, जिल्ला अध्यक्षसहित २५ नेता पक्राउ

प्रधानमन्त्री अाउने भएपछि सुदूरपश्मि महोत्सव स्थलमा तनाव, जिल्ला अध्यक्षसहित २५ नेता पक्राउ
मंसिर - २२ । सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’उपस्थित हुने भएपछि प्रतिपक्षले अवरोध सिर्जना गर्दा महोत्सव स्थलमा तनाव भएको छ । महोत्सवमा प्रधानमन्त्री उपस्थित हुने भएपछि एमाले, जनमोर्चालगायत दलका नेता तथा कार्यकर्ताले संविधान संशोधन प्रस्तावको विधेयकको विरोध गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । महोत्सवमा अवरोध सिर्जना गर्ने प्रमुख प्रतिपक्ष एमालेका नेता, कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा प्रहरीले जिल्ला अध्यक्षसहित २५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । महोत्सव उद्घाटनमा अवरोध सिर्जना गरेको भन्दै प्रहरीले एमालेका जिल्ला अध्यक्ष दीर्घ कोडारी, सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञ बास्तोला, अनेरास्ववियु जिल्ला अध्यक्ष चुडामणि भट्ट, युवा संघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मीलगायत २५ जनालाई नियन्त्रणमा लिएको हो । प्रदर्शनपछि कोणसभामा सहभागी भएका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड दाङमा पुल शिलन्यास गरेर धनगढी पुगेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री सुदूरपश्चिम महोत्सव

विशेष