इन्डोनेसियाको आचे प्रान्तमा भूकम्पः मृत्यु हुनेकाे संख्या ९७ पुग्याे

मंसिर - २२ । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार गएको शक्तिशाली भूकम्पमा मारिनेकाे संख्या ९७ पुगेकाे छ । यस भूकम्पमा परी अन्य ७३ जना गम्भीर घाइते भएका छन् ।
भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् । यस शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीले जानकारी दिएकी छिन् ।
यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्. । भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको हेनीले जानकारी दिएकी छिन् । भूकम्पले अत्यन्त प्रभावित जिल्ला पिडाइ जयामा भत्किएका भवन भग्नावशेषमा दर्जनौ व्यक्ति फसेका बताइएको छ ।
इन्डोनेसिया
शक्तिशाली भूकम्प

