यमनमा डुङ्गा पल्टिँदा करिब ६० बेपत्ता

मंसिर–२२ । यमनको सोकोट्रा द्विपमा एक डुङ्गा पल्टिँदा करिब ६० व्यक्तिको बेपक्ता भएका छन् । देशको मत्स्य उत्पादन मन्त्रालयका मन्त्रीले बुधबार सो जानकारी दिएका छन् ।
राज्यद्धारा सञ्चालन सञ्चार माध्यमका अनुसार सो घटनाबाट दुई व्यक्तिलाई मात्र उद्धार गरिएको छ । उक्त डुङगा गत पाँच दिनदेखि बेपत्ता रहेको बताइएको छ ।
सो डुङ्गा दक्षिणपश्चिमी बन्दरगाह सहर मुकाल्लाबाट सोकोट्रातर्फ गईरेहको थियो । उक्त डुङ्गामा करिब ६० जना व्यक्ति सवार रहेका पनि मत्स्य उत्पादन मन्त्रालयका मन्त्री फाहद काभिएनले बताएका छन् । रासस ÷एएफपी
यमन