News

‘चीन भरपर्दो मित्र’

मंसिर–२२ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन नेपालको भरपर्दो मित्र हो भन्दै पारस्परिक सम्बन्ध सुदृढ तुल्याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुने बताएका छन् । चाइना–रेडाक्टोलोजिकल सोसाइटी करेन्ट प्रकाशन प्रालिले संयुक्त रुपमा बुधबार आयोजना गरेको २१औँ शताब्दीमा सञ्चार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा उनले चीन नेपालको सुख दुःखको साथी रहेको बताए । गत वर्षको भूकम्पका बेला चीनले गरेको सहयोग नेपाली जनताले सम्झिरहेको बताउँदै उहाँले सरकारी र जनस्तरको क्षेत्रमा दुई देशको सम्बन्ध छ भनेका छन् । सोसाइटीका अध्यक्ष हाओ भ्येङसेङले नेपालले अवलम्बन गरेको एक चीन नीति र चीनको चासोप्रति दर्शाएको संवेदनशीलता सराहनीय छ भने । प्रकाशनका अध्यक्ष देवेन्द्र गौतमले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गरे । पूर्व राजदूत सुन्दरनाथ भट्टराई, पत्रकार युवराज घिमिरेलगायतले पारस्परिक सम्बन्धबारे बोलेका थिए । रासस

गङ्गाप्रसाद उप्रेती चीन नेपाल

विशेष