निकट भविष्यमै काठमाडौँ आसपास केन्द्रविन्दु बनाएर ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जाने विज्ञको निष्कर्ष


नेपालको राजधानी काठमाडौं र हिमालयको दक्षिणतर्फलाई केन्द्रीत गरी शक्तिशाली भूकम्प निकट भविष्यमै जाने विज्ञहरुले चेतावनी दिएका छन् । गत बर्षको भूकम्पपछि नियमितरुपमा गरिएको अध्ययनबाट ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जान सक्ने प्रबल सम्भावना छ । यस्तै भूकम्प आयो भने यो गत बर्षको भन्दा शक्तिशाली र वियोगपूर्ण हुन सक्ने छ । अनुसन्धान टोलीका स्टेभ वेस्नोस्कीका अनुशार उनीहरुले २ हजार वर्षदेखिको काठमाडौं क्षेत्रमा गएको भूकम्पनको अनुसन्धान गरेका हुन् । सेन्टर फर नियोटेक्टोनीक स्टडीका प्रोफेसरले बितेको २० वर्षदेखिको अनुसन्धानमा नयाँ खतरनाक भूकम्पको संकेतहरु पाइएको हो । अमेरिकाको नेभेडा विश्वविद्यालयका अनुसन्धानकर्मीहरुले अन्तर्राष्ट्रिय अनुसन्धाताहरुसँगको सहकार्यमा गरेको अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले गतवर्षदेखि नै दुई प्लेट ठोक्किने रेखा क्षेत्रमा पाइएको नमुनाको धेरै पटक विश्लेषण गरेका थिए । यो अनुसन्धानको प्रतिवेदन हालै अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्समा प्रकाशित भएपछि विषयले सनसनी मच्चाएको छ । अध्ययन टोलीमा नेपाली पनि सहभागी छन् । स्टेभेन जी वेस्नस्की, दीपक चौलागाई, एलिना कार्की, दीपेन्द्र गौतम, एशुहिरो कुमाहारा, इयान के पिर्यसलगायतको अनुसन्धान टोलीको निष्कर्षलाई अन्तराष्ट्रिय संचार माध्यमले खाश महत्व दिएका छन् । अनुशन्धानकर्मीहरुले बागमती नदी क्षेत्रमा माटो, ढुंगा तथा भूगोलको संरचना एवं रेडियो कार्बन सम्बन्धबारे गहन अध्ययन गरेका थिए । सो क्षेत्रको भूगर्भमा भिरालो किनार बनेको पाइएको छ ।
