चालक दलसहित ४५ जना सवार पाकिस्तानी विमान दुर्घटना


मंसिर - २२ । पाकिस्तानमा चालक दलका सदस्यसहित ४५ जना सवार एउटा बिमान दुर्घटना भएको छ । पाकिस्तानको चितरालबाट राजधानी इस्लामाबादका लागि उडेको पाकिस्तान इन्टरनेश्नल एयरलाईन्सको फलाइट् पिके ६६१ बिमान दुर्घटना भएको हो । बिमानमा सवार यात्रुको अवस्थाबारे भने खुल्न सकेको छैन । स्थानीय समय अनुसार ३ बजेर ४० मिनेटमा उडेको बिमान ४ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । पाकिस्तान बिमान दुर्घटना