विदेश

ट्रम्पलाई ह्वाइट हाउस छिर्न नदिने आइएसको चेतावनी

ट्रम्पलाई ह्वाइट हाउस छिर्न नदिने आइएसको चेतावनी
मंसिर–२२ । अमेरिकाको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आतंकबादी संगठन इस्लामिक स्टेट (आइएस)ले ह्वाइट हाउसमा छिर्न नदिने चेतावनी दिएको छ । आइएसले इस्लामको विषयमा मनलाग्दी टिप्पणी गर्नेलाई ह्वाइट हाउसमा छिर्न नदिने चेतावनी दिएको हो । उक्त संगठनले ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा सपथ खानेबेला अमेरिकामा भयानक आक्रमण गर्ने चेतावनी दिएको छ । ट्रम्पले सपथ लिने शुक्रबारको दिनलाई अमेरिकी इतिहासमै सबैभन्दा बढी रगत बगाइदिने र रक्तिम दिन सावित गरिदिने समेत आइएसको चेतावनी रहेको छ । उक्त चेतावनी आइएसले एक भिडियो मार्फत जारी गरेको छ जसमा अमेरिकासहित अन्य पश्चिमा देशहरुलाई पनि दिइएको छ ।

इस्लामिक स्टेट डोनाल्ड ट्रम्प ह्वाइट हाउस

विशेष