विदेश

डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्षव्यक्ति

डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्षव्यक्ति
मंसिर – २२ । टाइम म्यागेजिनले डोनाल्ड ट्रम्पलाई वर्षव्यक्ति घोषित गरेको छ । थुप्रैको अनुमानलाई उल्ट्याउँदै यस वर्ष अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजयी बनेका ट्रम्प वर्ष व्यक्ति घोषित भएका हुन् । टाइम म्यागेजिनले हरेक वर्ष सबैभन्दा प्रभावशाली व्यक्तिहरुमध्येबाट वर्षव्यक्ति घोषणा गर्ने गर्छ । त्यसै अन्तरगत यो वर्ष पनि विश्वका प्रभावशाली ब्यक्तिको क्षनोट गरिएको थियो । ट्रम्पले यूकेआईपीका नेता निगेल फेरज, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत पछि पारेका छन् । यद्यपि टाइम म्यागेजिनको अनलाइन मतदानमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा बढी मत प्राप्त गरेका थिए। एजेन्सी

डोनाल्ड ट्रम्प वर्षव्यक्ति

विशेष