मुख्य समाचार विदेश News

पिआइएको विमान दुर्घटना, ४० जनाको मृत्यु, पहाडी इलाका कारण शव संकलनमा कठिनाइ

पिआइएको विमान दुर्घटना, ४० जनाको मृत्यु, पहाडी इलाका कारण शव संकलनमा कठिनाइ
मंसिर – २२ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए)को विमान दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । विमान बुधबार खैबर पख्तुनख्वा प्रान्तको हाभेलियन शहरनजिक दुर्घटना हो । खैबर पख्तुनख्वाको चित्रलबाट इस्लामावाद उडेको केहीबेरमै उक्त पिके–६६१ विमानको सम्पर्क विच्छेद भएको थियो । ३.३० बजे उडेको विमान ४.४० बजे इस्लामावादस्थित बेनजिर भुट्टो विमानस्थलमा पुग्नुपर्ने थियो । विमान दुर्घटनामा टेलिभिजनका चर्चित कलाकार तथा फेसन डिजाइनर जुनैद जमशेद तथा चित्रलका प्रहरी उपप्रमुख ओसामा अहमद वारैच पनि परेका छन् । दुर्घटनामा परेको विमानमा आगो लागेको तथा विमानका टुक्राहरु टाढासम्म छरिएका अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटना स्थल पहाडी क्षेत्र भएका कारण शव संकलन गर्न कठिनाइ भएको स्थानीय अधिकारहरुले जनाएका छन् । साथै दुर्घटनापछि आगो लागेकोले घटना स्थलमा पुग्न अझ कठिनाइ भएको बताइन्छ । हाभेलियनका प्रहरी अधिकारी खुर्शिद तनोलीले २१ वटा शव प्राप्त भएको जानकारी दिए । दुर्घटनास्थलमा सेनाको टोली तथा हेलिकोप्टर खटाइएको छ । बिबिसि

पाकिस्तान पिआइए बिमान दुर्घटना

विशेष