ताजा खबर राजनीति News

राष्ट्रिय भेलाको तयारीमा महिला शक्ति नेपाल

राष्ट्रिय भेलाको तयारीमा महिला शक्ति नेपाल
मंसिर २३ । नयाँ शक्ति पार्टी, नेपालको महिला संगठन महिला शक्ति नेपालको राष्ट्रिय भेला पुस ८ र ९ गते हुने भएको छ । चितवनको भरतपुरमा हुने भेलाको सबै तयारी पूरा भइसकेको महिला शक्ति नेपालले जानकारी दिएको छ ।

‘समानुपातिक समावेशितासहित अर्थपूर्ण सहभागिता, महिला शक्ति नेपालको नयाँ कार्यदिशा’, ‘२१ औं शताब्दीको महिला विशेषता, आर्थिक समृद्धिसहितको राजनैतिक सहभागिता’, ‘नेपाली महिला आन्दोलनको उपलब्धि, सहभागिता र प्रतिनिधित्वमा प्रगति’, ‘महिला मैत्री नीति निर्माणमा अग्रसरता, महिला शक्ति नेपालको आवश्यकता’ लगायत प्रमुख नारासहित भेला आयोजना गर्न लागिएको नयाँ शक्ति नेपालको महिला विभागकी संयोजक कल्पना धमलाले बताउनुभयो । भेला भव्य तरिकाले सम्पन्न गर्नेगरी महिला शक्ति नेपाल लागिसकेको र भेलाको सबैजसो तयारी सकिएको पनि संयोजक धमलाले बताउनु भयो ।

भेला तयारी गर्दै गरेको महिला शक्ति नेपालले ‘समानुपातिक–समावेशीतासहित अर्थपूर्ण सहभागिता’को विषयलाई महत्वका साथ उठाउने बताएको छ । त्यसैगरी पार्टी विधान महिलामैत्री बनाउनुपर्ने, महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने, महिला नेतृत्व विकास गर्नुपर्ने लगायतका विषयमा महिला शक्तिले जोड दिने बताइएको छ ।

Naya Sakti

विशेष