News

काठमाडौंमा मोनो रेल बनाउने कार्य तिब्र

काठमाडौंमा मोनो रेल बनाउने कार्य तिब्र
मंसिर २३ । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ । काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो । काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालिले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको छ । बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइएअनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय निले बताए । नेपाल समाचारपत्र

Rail In Nepal

विशेष