ताजा खबर राजनीति News

प्रधानमन्त्री प्रचण्डलाई १६ किलोको माला, १० वर्षमा ५ केजी घट्यो

प्रधानमन्त्री प्रचण्डलाई १६ किलोको माला, १० वर्षमा ५ केजी घट्यो

मंसिर २३।  सुदूरपश्चिम क्षेत्रका १६ माग राखेर बुधवार नेपालउद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १६ केजीको माला लगाइएको छ।

 

दस वर्षअघि राज्यले विकासमा ध्यान नदिएको भन्दै यस क्षेत्रका माग राखेर शालिन आन्दोलनस्वरुप सरकार प्रमुख वा राष्ट्र प्रमुखलाई २१ केजीको मालापहिर्याउन शुरु गरिएको हो।

 

दस वर्षको अवधीमा ५ माग पूरा भएकाले उनलाई १६ केजीको मालापहिर्याइएको हो । यसअघि प्रधानमन्त्री भएका वेला २१ केजी भारी फूलको माला पहिरिएका प्रचण्डले ५ केजी माला घटेकोमा खुशी जनाए। ‘यसअघि प्रधानमन्त्री हुदाँ २१ केजीको माला लगाउने अवसर पाएको थिए, अहिले ५ केजी घटेकोमा खुशी र गर्व महसुस भएको छ,’ उनले भने। उनले अहिले राखेका १६ वटा माग पूरा गरेर अर्को वर्ष प्रधानमन्त्री भएर आउदाँ माला पहिर्याउने अवसर नै नदिने प्रयास गर्ने बताए ।

 

आफूहरुले राखेको मध्ये सुदुरपश्चिम विश्वबिद्यालय, अप्टिकल फाइवर, गेटा विमानस्थलमा कालोपत्रे, आई सियु सेन्टर स्थापना, रंगशाला निर्माण गरी ५ ओटा माग पूरा भएको नेपाल उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष शंकर बोगटीले बताए । बुधवार अध्यक्ष वोगटीले १६ के.जी.को माला प्रचण्डलाई लगाइ दिएका थिए।

विशेष