विदेश

ट्रम्पको एक ट्वीटका कारण एक अर्ब डलर नोक्सान

ट्रम्पको एक ट्वीटका कारण एक अर्ब डलर नोक्सान
मंसिर २३ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीट बेलाबेलामा विवादमा आउने गर्छन् । ट्रम्पले हालै गरेको एक ट्रवीटका कारण अमेरिकी बोइंग कम्पनीको स्टक मार्केटको मूल्य घटेर कम्पनीलाई एक अर्ब डलर नोक्शानी भएको खबर छ । उनले मंगलवार ट्वीट गर्दै बोइंगसँगको अमेरिकी सरकारको सम्झौता खारेज गर्नुपर्ने बताएका थिए । शुरुमा बोइंगका सीइओले अन्तर्राष्ट्रिय व्यापारको मुद्दामा ट्रम्पको योजनामाथि शंका गर्दै ट्वीट गरेका थिए । त्यसको प्रतिउत्तरमा नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै लेखेका थिए‘ भविष्यको राष्ट्रपतिको लागि बोइंगले एक नयाँ ७४७ एयर फोर्स प्लेन बनाउन गइरहेको छ, जसको मूल्य निकै चर्को छ र यो अरुभन्दा ४ अर्ब डलरले महंगो छ ।’ डोनाल्ड ट्रम्पको ट्वीट भन्दा पहिलो बोइंग कम्पनीको शेयर १५२.१६ डलर प्रति शेयर कारोवार हुने गर्दथ्यो । ट्रम्पको ट्वीटपछि प्रि–मार्केट कारोबार यसमा एक प्रतिशत कम भएको थियो । र, यसको मूल्य १४९.७५ डलर प्रति शेयर मूल्यमा आएको थियो ।

Donal Trump

विशेष