ताजा खबर विदेश

विश्वकप फुटबलमा ४८ देश !

विश्वकप फुटबलमा ४८ देश !

मंसिर २३ । फिफा अध्यक्ष जियानी इन्फन्टिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने आफ्नो इच्छा रहेको बताएका छन् ।अब उनले विश्वकपमा ४८ देशलाई सहभागी गराउने योजना अघि सारेका छन् । जसलाई १६ समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टिम अन्तिम ३२ को नकआउट चरणका लागि छनौट हुनेछन् ।

अहिले विश्वकपमा ३२ देशले भाग लिन्छन् र चार चार देशको ८ समूह हुन्छ, जसका शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्छन् । यसबारे आगामी जनवरीमा निर्णय हुन सक्छ । तर, २०२६ को विश्वकप अगाडि यो परिर्वतन सम्भव देखिएको छैन । अध्यक्ष इन्फन्टिनोको प्रस्तावबारे फिफा काउन्सिलमा जनवरी ९ मा छलफल हुनेछ । यो प्रस्ताव उनको चुनावी घोषणा पत्र अनुसार आएको हो र, उनी विश्वकपमा धेरै देशलाई सहभागी गराउन चाहन्छन् ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो ।

Qatar World cup World cup

विशेष