ताजा खबर राजनीति News

प्रचण्डलाई दिइयो कडा सुझाव, ‘प्रचण्ड कार्यशैली चरम संकटमा पर्ने खतरा, व्यक्ति होइन पार्टी बलियो बनाऔँ ’

प्रचण्डलाई दिइयो कडा सुझाव, ‘प्रचण्ड कार्यशैली चरम संकटमा पर्ने खतरा, व्यक्ति होइन पार्टी बलियो बनाऔँ ’

‘वैदेशिक हस्तक्षेप र नयाँ परिवेसमा क. प्रचण्डको कुटनीति कार्यशैली कुनैपनि अवस्थामा चरम संकटमा पर्ने र यसले क. प्रचण्डलाई मात्र होइन सिंगो माओवादी र देशलाई संकट पार्ने खतारा उत्तिकै छ । तसर्थ क. प्रचण्डलाई अब आफुमात्र बलियो र सर्वोपरी बनेर माओवादी बलियो बन्छ भन्ने भ्रम रहनु भनेको माओवादीको पराजय सुनिस्चित गर्नु हो । यसर्थ अब क. प्रचण्डलाई पनि बलियो र पार्टीलाई भनि बलियो बनाउन विशेष कार्यनीति र रणनीति चाहिन्छ ।’ हालै प्रचण्डलाई बुझाइएको र हालसम्म गोप्य राखिएको लिखित सुझावको निचोडमा उल्लेख छ ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एंव पूर्व सांसद कर्णजित बुढाथोकीले अध्यक्ष प्रचण्डलाई बुझाएको यो लिखित सुझावले माओवादीवृत्तमा तरंग पैदा गरेको छ । प्रचण्ड जतिकै नेता तत्काल नेपालमा अर्को नभएपनि उनको यस्तै कार्यशैलीले जारी रहे पार्टी, आन्दोलन र मुलुक संकटमा पर्ने चेतावनी लिखित सुझावमा दिइएको छ ।

बुढाथोकीले प्रचण्डलाई चेस खेलको चालको व्याख्या गर्दै माओवादी रक्षात्मक अवस्थामा पुगेको अवगत गराएका छन् । उनले पार्टी बचाउन आक्रामक नीति र सबै माओवादीबीचको एकतामा जोड दिएका छन् । काँग्रेस वा एमालेसँग मिलेर तत्काल फाइदा भएपनि दीर्घकालिन उपलब्धीका लागि माओवादीबीचको समग्र एकता नभइ नहुने बुढाथोकीको जोड छ ।

बुढाथोकीले प्रचण्डको नेतृत्वमाथि पनि घुमाउँरो शैलीमा प्रश्न उठाएका छन् । पार्टीभित्रको गुटवन्दीको अवस्थालाई तथ्यसहित प्रस्तुत गर्दै उनले माओवादी यथास्थितिमा चुनाव भए नराम्रोसँग पराजित हुने विश्लेषण गरेका छन् । २० जिल्लामा चरम गुटवन्दी रहेको, ३५ जिल्लामा गुटवन्दी चलिरहेको तथा ११ जिल्लामा नयाँ शक्तिका कारण प्रत्यक्ष असर परेको बुढाथोकीको ठहर छ । केन्द्रीय सदस्यको संख्या ५ हजार पुग्नुलाई उनले चरम दिशाहिनताका रुपमा औँलयाएका छन् । पार्टी एकतालाई अवसरवादीहरुले भ¥याङका रुपमा मात्र उपयोग गर्न खोजेको र पार्टीले गति लिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

जनयुद्धमा लडेका योद्धाहरु खाडीमा पसिना चुहाइरहेको तर अवसरवादीहरुले पार्टी कब्जा गर्न थालेको भन्दै बुढाथोकीले पार्टी पुर्नसंरचनाका लागि प्रचण्डसँग आग्रह गरेका छन् ।

बुढाथोकीले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा पार्टीले अभियान थाल्नुपर्ने जनाएका छन् । प्रत्यक्ष कार्यकारी नभएसम्म वैदेशिक हस्तक्षेप कसिलो रहिरहने र सरकारमा टिक्न जस्तोसुकै सम्झौता गर्ने परिपाटी विद्यमान रहने उनको निष्कर्ष छ ।

Prachanda Puspakamal Dahal

विशेष