विदेश

जयललितको निधनमा ७७ जनाले आफ्नो ज्यान आहुँती दिए !

जयललितको निधनमा ७७ जनाले आफ्नो ज्यान आहुँती दिए !

मंसिर २३ । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि उनको पार्टी एआइडीएमकेले ‘अम्मा’ विरामी भएको र निधन भएको खबर सुनेर उनका ७७ जना समर्थकहरुले आफ्नो ज्यान फालेको बताएका छन् । यसअघि पनि जयललिता भष्ट्राचार मुद्दाका कारण जेल गएकोबेला प उनका कयौं शुभचिन्तकहरुले ज्यान गुमाएको खबर बाहिर आएको थियो ।

एआइडीएमके पार्टीले ट्वीट गर्दै जयललिताको निधनको खबरले ७७ जनाले ज्यान गुमाएको खबर सार्वजनिक गरेपनि कति महिला र पुरुष छ भन्ने बारे भने खुलाएको छैन् ।

https://twitter.com/PTI_News?ref_src=twsrc%5Etfw   दक्षिणराज्यमा नेताका समर्थकहरु स्वभावैले भावुक हुन्छन् । अपोलो अस्पतालमा जयललिताको ह्रदयगति रोकेको खबर सुनेर अस्पताल बाहिर उनका समर्थकहरु रुदै भावविह्वल भएका थिए ।

उनको सोमबार निधन भएसंगै पुरै तामिलनाडु शोकमा डुबेको छ ।

Jayalalita

विशेष