विदेश

पाकिस्तानमा विमान दुर्घटनामा परेकाहरुको डिएनए परिक्षण गरिने

पाकिस्तानमा विमान दुर्घटनामा परेकाहरुको डिएनए परिक्षण गरिने
मंसिर - २३ । उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुल्लाउनका डिएनए परीक्षण गरिने अधिकारीहरुलेृ जानकारी दिएका छन् । विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ । उत्तरी क्षेत्रमा भएको दुर्घटनालाई पाकिस्तानको उडान इतिहासकै अत्याधिक दुःख घटनाको रुपमा लिइएको अधिकारीहरुले बिहीबार बताएका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को एउटा विमान यन्त्रले काम गर्न छाडेपछि दुर्घटनामा परेको हो । विमानमा चालक दलका ७ जना सहित ४७ जना यात्रु रहेका थिए । पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट राजधानीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । “डिएनए परिक्षण गर्न ती शवहरु हेलिकप्टरमा घटनास्थलबाट इस्लामाबाद ल्याइएने छ,” स्थानीय अयुब मेडिकल कम्प्लेक्सका मोहम्मद अब्बासले भने “शव सबै क्षतविक्षत अवस्थामा छन्,” शवहरु जलेर महिला पुरुष छुट्याउन सक्ने अवस्थामा नहरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटनास्थलमा रातभरी सयौं स्थानीय बासिन्दा उद्धारका लागि सक्रिय भएका थिए । स्थानीय समयअनुसार बुधबार दिउसो ३ः३८ बजे उडेको विमान ४ः२० बजे विमानस्थलको कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको अधिकारीहरुले बताएका छन् । एएफपी

डिएनए परीक्षण पाकिस्तान बिमान दुर्घटना

विशेष