विचित्र विश्व विदेश

क्रिकेटमा रेड कार्ड, फुटबलमा भिडियो रिभ्यू

क्रिकेटमा रेड कार्ड, फुटबलमा भिडियो रिभ्यू

फुटबलमा पनि अब क्रिकेटमा जसरी जटील परिस्थितिमा रेफ्रिले भिडियो रिप्लेका आधारमा आफ्नो निर्णय पुनःरावलोकन गर्न सक्ने भएका छन् । विश्व फुटबलले भिडियो रिभ्यूको सुविधा जापानमा आगामी बिहीबारदेखि हुन फिफा कलब विश्वकप मार्फत सुरु गरिने छ । मैदानसँगै रहेको मनिटरबाट भिडियो हेरेर निर्णय परिवर्तन गर्न सकिन सुविधा फुटबलमा पनि सुरु हुन लागेको हो । ‘म्याच चेन्जिङ’ परिस्थितिमा मैदानमा रहेका अफिसियलबाट अनुरोध आएपछि भिडियो असिस्टेन्ट रेफ्रीले रिभ्यू गर्न सक्नेछन् । यो बर्ष यसअघि दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडियो रिभ्यूको परीक्षण गरिएको थियो र पहिलो पटक फिफाको आधिकारिक प्रतियोगितामा यसलाई लागू गर्न लागिएको हो । तर, यो प्रणाली लागू भएपनि खेलको अन्तिम निर्णय भने फिल्डको मूख्य रेफ्रीसँगै निहीत हुनेछ । यद्यपि जटील परिस्थितिमा यो प्रणालीले रेफ्रीको गल्ती सुधार्ने मौका दिनेछ ।
क्रिकेटमा रेड कार्ड यसै सन्दर्भमा क्रिकेटमा पनि फुटबलको जस्तो नियम आउने भएको छ । क्रिकेटमा अर्को वर्षबाट रातो कार्ड प्रयोग हुने भएको छ । खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलाडीलाई खेलबाट हटाउन सक्नेछन् । एम्सीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले तल्लो लेभलको क्रिकेटमा परिवर्तनबारे कुराकानी भइरहेको बताएका छन् । यो कमिटीले रन पेनाल्टीलगायतका अरु नियमबारे समेत छलफल गरिरहेको पोन्टिङले बताए । बीबीसीका अनुसार उक्त नयाँ नियम एसीसीसीको मुख्य कमिटीले अनुमोदन गरेमा २०१७ अक्टोबर १ बाट सबै लेभलको क्रिकेटमा लागू हुनेछ । प्रस्तावअनुसार तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।

क्रिकेट फुटबल भिडियो रिप्ले रेड कार्ड

विशेष