विदेश

शक्तिशाली भूकम्पपछि औषधी र चिकित्सक शीघ्र आपूर्तिको लागि आग्रह

शक्तिशाली भूकम्पपछि औषधी र चिकित्सक शीघ्र आपूर्तिको लागि आग्रह
मंसिर–२३ । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि घाइतेहरुको लागि शीघ्र औषधी र चिकित्सकको लागि अधिकारीहरुले आग्रह गरेका छन् । सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सयौं व्यक्ति घाइते भएका छन् । यस भूकम्पमा परी ७ सय भन्दा बढी घाइते भएका र ती मध्ये कैयौको अवस्था चिन्ताजनक रहेको प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र घाइतेको सङ्ख्या पनि घेरै रहेका हुनाले औषधी र उपचारको लागि बढी चिकित्सकको आवश्कता परेको प्रकोप नियन्त्रण विभागका अधिकारीले जानकारी दिएका छन् । कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तमा रहेका सयौ घर, मस्जिद व्यापारिक भवनहरु ध्वस्त भएका छन् । इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुृनामीबाट पनि अति प्रभावित भएको थियो । भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए । यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ । रासस-एएफपी

इन्डोनेसिया औषधी र चिकित्सक शक्तिशाली भूकम्प

विशेष