News

पूर्वगृहमन्त्री घिमिरेले ट्रकलाई ओभरटेक गर्दा अनियन्त्रित भई दुर्घटना – प्रतिवेदन

पूर्वगृहमन्त्री घिमिरेले ट्रकलाई ओभरटेक गर्दा अनियन्त्रित भई दुर्घटना – प्रतिवेदन

मंसिर – २३ । पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले पूर्वगृहमन्त्री माधव घिमिरेले ट्रकलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनापछि सरकारले पूर्वप्रहरी महानिरीक्षक रानाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएका बेला गाडी पूर्वमन्त्री घिमिरे आफैँले नै चलाएको उल्लेख छ । प्रतिवेदन गृहमन्त्री विमलेन्द्र निधिले प्रतिवेदनमा सिफारिस भएका विषयहरु इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । गत असोज ९ गते पोखराबाट काठमाडौं र्फकने क्रममा पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो । त्रिशुलीमा डुबेर वेपत्ता भएका घिमिरेको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।

थप शंकाको घेरामा पूर्व गृहमन्त्री माधव घिमिरे दुर्घटना, घिमिरेको मोबाइलबाट एसपिलाई फोन आएपछि…

पूर्वगृहमन्त्री घिमिरेको शव अझै भेटिएन, उनको शव पानी बाहिर खोज्न थालियो

► पूर्व गृहमन्त्री माधव धिमिरेका भाइको शव भेटियो

► पूर्व गृहमन्त्री घिमिरेको खोजी गर्न झिकाइएकाे गोताखोर फर्काइयाे

► कुशे दाहसंस्कार गरिएका घिमिरे दाजुभाइ फर्किए के होला ? यस्तो छ धार्मिक विधि

पूर्वमन्त्री घिमिरेको जिप खोज्दा पहिले नै हराएको ट्रक भेटिएको अनुमान, बढी वजनको वस्तु तान्ने मेसिन प्रयोग गर्ने तयारीमा सेना (भिडियोसहित)

पूर्वमन्त्री घिमिरेको जिप नभेटिनुको कारण यस्तो छ (फोटो फिचरसहित)

 

छानविन समिति पूर्वगृहमन्त्री प्रतिवेदन माधव घिमिरे

विशेष