विदेश

सरकारी बल र विद्रोहीबीचको झडपमा एघारको मृत्यु

सरकारी बल र विद्रोहीबीचको झडपमा एघारको मृत्यु
मंसिर–२३ । म्यानमारमा सुरक्षाबल र सशस्त्र विद्रोहीबीच सुरु भएको झडपको कारण यस महिनामा मात्र कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । यस विद्रोहको कारण म्यानमारका विदेश मन्त्री तथा प्रजातान्त्रीक नेत्री आङ सान सुकीद्वारा जारी शान्तिको प्रयासमा धक्का पुग्ने भएको छ । उत्तरी राज्य शानमा गत नोभेम्बरको अन्त्यबाट सुरु भएको द्वन्द्वको कारण हजारौ स्थानीय बासिन्दा विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश सीमापार गरेर चीनतर्फ जाने गरेको पाइएको छ । म्यानमारको शान राज्यमा जारी यस झडपमा परी गत नोभेम्बरको अन्त्यबाट हालसम्म सैनिक, प्रहरी, सरकार समर्थक नागरिक सेना र सर्वसाधार।ण गरी कम्तीमा ३० जनाको मृत्यु भइसकेको सरकारी अधिकारीले जनाएका छन् । म्यानमारमा विगतका केही हप्तादेखि बहुसङ्ख्यक बौद्ध समुदायले अल्पसंख्यक रोहिङ्ग्या मुसलमान जनसमुदायउपर आमहत्या र अत्याचारको शृङ्खला नै मच्चाइ रहेकामा यसलाई नियन्त्रण गर्न प्रजातन्त्रबादी नेतृ आङग सान सुकिको सरकार उदासीन र असफल रहेको आरोप लगाइँदै आएको छ । रासस÷एएफपी

म्यानमार

विशेष